रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै काठमाण्डौंमा प्रदर्शन

७ भाद्र २०७६, शनिबार १८:३८

काठमाडौँ , टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाई गर्न माग गर्दै शनिबार काठमाण्डौंको माइतीघरमा प्रदर्शन भएको छ । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नरहेको र रविलाई फसाउन खोजिएको दाबी गरेका थिए ।