
काठमाडौं, नेपाल महिला चेम्बरको दोस्रो तीज व्यापार मेला–२०७६ पाँच गते देखि शुरु भएको छ । जमलस्थित नेपाल चेम्बर भवनमा आयोजित उक्त मेलाको उदघाटन पूर्व उद्योग मन्त्री तथा ०३ नंबर प्रदेशकी सांसद अष्टलक्ष्मी शाक्यले गर्नु भएको थियो ।
मेलाको उदघाटन पस्चात कार्यक्रमलाई संबोधन गर्दै सांसद शाक्यले महिलाहरुलाई उद्योग दर्तामा बिशेष छुटको ब्यवस्था रहेको जनाउदै उक्त सुविधालाई उपयोग गर्न महिला दिदी बहिनीहरुलाई आग्रह गर्नु भएको थियो । सांसद शाक्यले तालिम लिने तर प्राप्त शिपलाई ब्यबहारमा लागु नगर्ने बानीका कारण नेपालमा ब्यवसायीकताको विकासमा आशातित प्रगति हुन नसकेको धारणा समेत ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने बताउदै नेपालमा महिला उद्यमशिलताको विकासका लागि नेपाल महिला चेम्बरले सकृयता बढाउदै लगेको कुरा बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपाल महिला चेम्बरले महिलाको आर्थिक सशक्तिकरणमा पुर्याउदै आएको योगदानको सहना गर्दै नेपाल चेम्बर अफ कमर्शले महिला उद्यमीहरुको बृत्ति विकासका लागि आवश्यक पहलकदमी चाल्दै जाने प्रण गर्नु भएको थियो ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले नेपाली वस्तुको प्रयोग र प्रवर्धनका लागि मेला केन्द्रीत रहेकोले यस्ता मेलाहरुले महिला उद्यमीहरुद्वारा उत्पादित सामाग्रीको बजार प्रवर्धन तथा आर्थिक सशक्तिकरणमा टेवा मिल्ने बताउनु भएको थियो ।
मेलाकी संयोजक राज्य लक्ष्मी सिंहले महिला उद्यमी व्यवसायीहरूद्वारा उत्पादित सिर्जनात्मक उत्पादन र सेवा प्रदर्शन गर्ने अवसरका रुपमा गत वर्ष देखि मेला आयोजना गरिँदै आईएको जानकारी दिनु भएको थियो ।
कार्यक्रम माझ कलाकार रोमा न्यौपानेले नृत्य प्रस्तुत गरेकी थिईन् ।
मेलामा काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म (कम्पनी एवं संघ–संस्थाहरूका स्टल राखिएको छ । मेलामा हस्तकलाका सामाग्री, सजावटका सामान, तत्ता कपडा, खाद्य सामाग्री, कस्मेटिकका सामाग्री आदी बिक्रीका लागि राखिएको छ । भाद्र ०७ गते शनिवारसम्म संचालनमा आउने उक्त मेला ५० हजारभन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको नेपाल चेम्बरकी अधिक्रित सृस्टि त्रिपाठीले बताउनु भयो ।
