‘हाम्रो माया’ बोलको गीत युट्युबमार्फत सार्वजनिक (भिडियो)

२ भाद्र २०७६, सोमबार १३:१३

काठमाडौं , गायिका दीपा सुहाङले नयाँ गीत ल्याएकी छन् । दीपा र एकान्त आङ्देम्बेले स्वर दिएको ‘हाम्रो माया’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो । गीतको म्युजिक भिडियोमा रेखा लिम्बु र छिरिङ बरु युङ्दुङले फिचरिङ गरेका छन् ।

नाकिहो राईले सिर्जना गरेको गीतको एरेन्ज चन्दु गोर्खालीले गरेका हुन् । गीतमा एकान्त आङ्देम्बेको संगीत छ । जीवन ब्युङको निर्देशनमा तयार भएको म्युजिक भिडियोको छायांकन र सम्पादक ईशक जबेगुले गरेका हुन् ।