आज लामिछानेसहित तिन जनालाई जिल्ला अदालत चितवन लगिँदै

३१ श्रावण २०७६, शुक्रबार १०:०८

चितवन , पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई पक्राउ गरी मध्यरातमै चितवन लगिएको छ । उनीहरुलाई हिजो काठमाण्डौबाट पक्राउ गरीएको हो ।

प्रहरीका अनुसार टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई भरतपुर सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ । प्रहरीका अनुसार उनीहरुलाई आज दिँउसो जिल्ला अदालतमा लगिने जनाएको छ ।

पत्रकार पुडासैनीले आत्म हत्या गर्नुअघि उनीहरुको नाम लिएर आफूलाई यो अवस्थामा पुर्याउन बाध्य बनाएको भन्दै रेकर्ड गराएको भिडियो भेटिएपछी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पत्रकार पुडासैनी साउन २० गते भरतपुर महानगरपालिका–१ नारायणगढस्थित पोखरा बसपार्कस्थित कंगारु होटलमा मृत भेटिएका थिए ।