सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्योे

२९ श्रावण २०७६, बुधबार १२:२१

काठमाण्डौ , सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ केही घटेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन बुधबार प्रति औँस १५ सय डलर छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो । यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।