पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

१२ कार्तिक २०७४, आईतवार ०१:२२

कात्तिक १२, पोखरा । पोखरामा राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा आगामी कात्तिक २१ देखि २५ गतेसम्म खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ ।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहने क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलाडी करण केसीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख २५ हजार ४ सय ५६ र द्वितीय हुनेले रु ५४ हजार ३ सय २१ का नगद र ट्रफी तथा पदक प्राप्त गर्ने अध्यक्ष केसी जानकारी दिए ।