
काठमाडौं , यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी गाडी मालिक या कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।
लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भएरनभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
