
काठमाण्डौं, अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडान. ४ वाङला निवासी कमला खनालको ५२ बर्षको उमेरमा सिभिल हस्पिटल काठमाण्डौंमा उपचारको क्रममा साउन २७ गते दुखद निधन भएको छ । नेकपा (मसाल) की सदस्य तथा राजमो नेतृ खनालको काठमाण्डौमा उपचारको क्रममा निधन भएको हो ।

स्व खनालको पार्थिव शरीरमा नेकपा मसालका केन्द्रीय प्रवक्ता राम प्रकाश पुरीले पार्टीको झण्डा ओढाई अन्तिम सम्मान तथा श्रद्दाञ्जली गर्नु भयो । सो अवसरमा बामपन्थी नेता कृष्ण राज पौडेल , राजमो केन्द्रीय सदस्य मनोज भट्रट , अखिल नेपाल महिला संघ केन्द्रीय अध्यक्ष मिना पुन , राजमोका पूर्व केन्द्रीय सदस्य शेर बहादुर बिसी , यमलाल पौडेल , कमल भुसाल लगायतका नेता तथा कार्यकर्ता र आफन्त, इष्टमित्रहरुको पशुपति आर्यघाटमा बाक्लो उपस्थिति रहेको थियो । श्रद्दाञ्जली सभा पशुपति आर्यघाटमा गरिएको थियो ।
