दसैं अगाडि सडक मर्मत गर्न निर्देशन

२६ श्रावण २०७६, आईतवार १८:२२

काठमाडौं , अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षति ग्रस्त सडक दसैँअगावै निर्माण सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ। दसैं, तिहार, छठ, ल्होसार इदजस्ता पर्वमा आवतजावत सहज बनाउन भत्किएका सडक निर्माण गर्न सरकारलाई विकास तथा प्रविधि समितिले निर्देशन दिएको हो।

बढीपहिरोले क्षति भएको एक महिनापछि समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई बोलाएर बाढीपहिरोबाट भत्किएको सडक, पुललाई प्राथमिकताका आधारमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ।