‘रातो टिका निधारमा’ मेरो माया के हो सार्वजनिक(भिडियो)

२५ श्रावण २०७६, शनिबार १५:०३

काठमाडौं , आगामी दसैंमा प्रदर्शन हुने चलचित्र राटो टिका निधारमाको ‘मेरो मया के हो’ बोलको भिडियो सार्वजनिक भएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको सो गीतमा अंकित शर्मा र साम्राज्ञी साह फिचर्ड छन् ।
गीतमा रवि मल्लको शब्द, दीक्षित पौडेलको संगीत एरेन्ज रहेको छ । चलचित्र ‘रातो टिका निधारमा’को कथा र निर्देशन अशोक शर्माको रहेको छ ।

चलचित्रमा अंकित र साम्राज्ञिसँगै बुद्धि तामाङ, शिवहरी पौडेल, रविन्द्र झा, नीता ढुङ्गाना, लक्ष्मी गिरी, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतको अभिनय रहको छ । चलचित्र आउँदो दसैंमा प्रदर्शन हुँदैछ ।