कच्याक–कुचुक दर्शन

११ कार्तिक २०७४, शनिबार १५:३०

कच्याक–कुचुक खुम्चिएको कपडा लगाएर फाँटले सुसेल्दै हिड्छु लेक बेसी
किनकि म जन्मेको देश पनि छ
स्त्री नगरेको कपडा जस्तो
कच्या–ककुचुक।

पकेटमा राखेको जालि रुमाल
कच्याक–कुचुक।
शरिरको टाकुरामा उम्रिएको घाँस
कच्याक–कुचुक।

पसिना बग्ने निधारका रेखाहरु
कच्याक–कुचुक।

ठेला उठेका हत्केलाहरु कच्याक,कुचुक।
फाटेका कुर्कुचाहरु कच्याक–कुचुक।

के विचार पनि तेस्तै हुन्छ
जस्तो,जस्तो हुन्छ मानिस
बाचि रहेको भुगोल,
मैले देखेको स,साना सपना कच्याक–कुचुक।

समयको झोलामा राखि हिडेको जीवन ,
छातिको कागजमा लेखेको कविता
कच्याक–कुचुक।

सोच्थे मैले चलाएको जीवन सत्ता
सर्लक्क मिलेको होस,
चाउरी नपरेको अनुहार जस्तो ,
लाख कोसिस गरे तर त्यहि पनि छ कच्याक–कुचुक।

मलाई स्कुल पुर्याएर फर्किने गोरेटाहरु कच्याक–कुचुक।
मलाई जङ्गल लगेर फर्किने बाटोहरु कच्याक,कुचुक।

शहरलाई लाग्छ मेरो लवाज पनि छ बादलले जोतेर गरा परेको आकाश जस्तो कच्याक–कुचुक।

हरेक पटक लिखितमा नाम टासिन्छ र अन्तररवार्तामा भिड्छु परिणाम आउँछ कच्याक–कुचुक।

तमसुक गरेर जान्छु प्रदेस बचेराको लागि चारो टिप्नु उड्ने चरा जस्तो ,
थाहा हुदा,हुँदै कि तमसुक
मेरो नाक ,मुख छेड्ने बल्छि हो
मेरो फिर्ति कच्याक–कुचुक।

मनमा उठ्ने तरङ्गहरु जस्तो लहरहरु खेल्ने बालुवाको सागर पनि थियो,
लिउन उकिएको घर जस्तो कच्याक–कुचुक।

ओल्ड खवरले बनेको पृथ्वी पनि
हलोले कला भरेको खेत जस्तो
कच्याक–कुचुक।

जसरी यही कच्याक–कुचुक। भित्रै छ बिश्वको अग्लो शिर र गहिरो खोजको गहिराई पनि छ यहि भित्र म ।
कच्याक–कुचुक। ………………..

     कच्याक–कुचुक
रचना मोक्तान, यात्री काभ्रे