सुविसु केबल नेटवर्कको कार्यालयमा भीषण आगलागी

२२ श्रावण २०७६, बुधबार १४:२१

काठमाडौं , काठमाडौंको बालुवाटारस्थित सुविसु केबल नेटवर्कको कार्यालयमा भीषण आगलागी भएको छ । आगो निभाउन १५ वटा दमकल प्रयोग गरिएका छन् ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी आगलागी भएको ठाउँमा पुगेर निभाउने प्रयास गरिरहेका छन् । महानगरीय प्रहरी बृत्त महाराजगंजले आगलागीको कारण नखुलेको जनाएको छ ।