
काठमाडौं , पूर्वी तराई भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहितको वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा बुधबार बिहान देशको पूर्वी भू(भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय भएको उल्लेख छ।
मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर नेपालतर्फ सरेको छ। बुलेटिनमा उल्लेख गरिएको छ, ुपूर्वी र मध्य नेपालमा एउटा न्यून चापिय क्षेत्रको असर पनि देखिएको छ।मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीसम्म जनाउँछ।
बुधबार दिउँसो देशका पूर्वी र मध्य भू(भाग, पश्चिमी भू(भागमा आंसिक देखि सामान्य बदली हुने विभागले जनाएको छ। देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। मध्य र पूर्वी नेपालका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
राति पनि देशभर सामान्यतया बदली रही पूर्वी र मध्य भू(भागहरूका केही स्थानहरुमा र पश्चिमी भू(भागको एक(दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ।
