वायुसेवा निगमको सुधारका उपायहरु पहिल्याउन पर्यटनमन्त्रीद्वारा समिति गठन

२२ श्रावण २०७६, बुधबार १३:२०

काठमाडौँ , नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई सुधार्न ुनिगम सुधार समितिु गठन गर्नु भएको छ । बुधबार मन्त्रालयमा मन्त्री भट्टराईले निगमको समग्र सुधारका उपायहरु पहिल्याउन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

समितिमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ विनप्रसाद पौडेल, निमगका पूर्व क्याप्टेन सुधीर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। समितिले हालसम्मका प्रतिवेदनहरुको अध्ययन गर्ने, निगमको आर्थिक कानुनी लगायत समग्र स्थितिको अध्ययन गरी तत्कालीन र दिर्घकालीन योजना सहितको प्रतिवेदन दिने छ।

समितिलाई अध्ययन तथा प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएकोछ।