
काठमाडौँ , अमेरिकाको टेक्सास सहरमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एल पासो सहरको सिएलो भिस्टा मल नजिकको वालमार्ट स्टोरमा बन्दुकधारीले आक्रमण गरेको हो ।
घटनामा संलग्न भएको आशंकामा एक २१ वर्षीय व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले लेखेको छ। प्रहरीका अनुसार पक्राउ परेका पैट्रिक क्रुसिएस नामका ती व्यक्ति डालास क्षेत्रका बासिन्दा भएको बताइएको छ।
