अर्घाखाँची सुवर्णखालका बिकको शव बाणगंगा नदीमा फेला

१६ श्रावण २०७६, बिहीबार १२:१६

अर्घाखाँची , अर्घाखाँची शितगंगा १ सुवर्णखालका २८ वर्षीया कर्ण बहादुर बिकको शव बाणगंगा नदीमा फेला परेको छ । दुई ढुङगाको बिचमा अड्किएको अवस्थामा मृतक बिकको सव फेला परेको हो ।
शव देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय ठाडाबाट गएको प्रहरी टोली, शितगंगा १४ का वडा अध्यक्ष दामोदर न्यौपानेसहित स्थानिय बासिन्दा घटनास्थलमा पुगेर खोलाको कोप्चेरोमा फसेको शवलाई बाहिर निकालेका थिए । अहिले शवलाई पोष्टमाटम लागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ।