एक किलोे अवैध सुनसहित थानकोटमा एकजना पक्राउ

१६ श्रावण २०७६, बिहीबार ११:०९

काठमाडौं, काठमाडौंको थानकोटमा एक किलोे अवैध सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाँउपालिका–५ का ३२ वर्षीय पेम्वा दिण्डुप तामाङ छन् ।

धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९ प २७२६ नम्बरकोे मोटरसाइकल जाँच गर्ने क्रममा महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग नागढुङ्गाको टोलीले उनलाई पक्राउ गरेको हो ।