घरबाट हराएकी एक बालिकालाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटाए

१६ श्रावण २०७६, बिहीबार १०:३०

ताप्लेजुङ , ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन् । घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटेका हुन् ।

सदरमुकाम फुङ्लिङबाट गएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले बालिकाको उद्धारपछि परिवारलाई जिम्मा लगाएको छ ।

उता बालिकाकी आमालाई भने नानी हराएको पीरमा विष सेवन गरेकाले अस्पताल भर्ना गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।