योगेश भट्टराई पर्यटनमन्त्री, ४ बजे शपथ

१५ श्रावण २०७६, बुधबार १५:०८

काठमाण्डौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गर्नु भएको छ । नवनियुक्त पर्यटनमन्त्री भट्टराईको अहिले ४ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी गत १५ फागुनमा निधन भएपछि पर्यटनमन्त्रीको पद खाली थियो ।
सत्तारूढ नेकपाका प्रभावशाली नेता भट्टराई संघीय प्रतिनिधिसभामा ताप्लेजुङबाट निर्वाचित हुनु भएको हो ।