
काठमाडौँ , प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले आज पनि अवरुद्ध गरेका छन ।
निर्धारित समय ११ बजेका लागि बोलाइएको बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगेका हुन् ।
उनीहरुले संसदमा नारावाजी समेत गरेका छन् ।
सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’जस्ता नारा लगाएका छन् ।
सभामुख कृष्ण बहादुर महराले संसद अवरुद्ध हुँदा जनताका सरोकारका विषयमा छलफल हुन नसकेको भन्दै सांसदहरुलाई आसन ग्रहण गरेर छलफलमा भाग लिन आग्रह गरेपनि सभामुखको आग्रहलाई सांसदहरुले वेवास्ता गरेका छन् ।
यसअघि गत सोमबारको बैठक पनि अवरुद्ध भएको थियो ।
