कक्षा १२ को नतिजा सार्वजनिक

१३ श्रावण २०७६, सोमबार १८:०८

काठमाडौँ , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

सोमबार बेलुकी ५ बजे बोर्ड बैठक पश्चात नतिजा सार्वजनिक गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नियमित, ग्रेड वृद्धि र आंशिकतर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको थियो । दुई वर्षअघिसम्म साइन्स समूहको नतिजा सार्वजनिक गर्ने र अन्य विषयको असोजसम्म लाग्ने गरेको थियो ।

यो वर्ष अघिल्लो वर्षभन्दा केही दिनअघि नतिजा सार्वजनिक भएको हो । यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।