निर्वाचन कुनै हालतमा रोकिदैन : अध्यक्ष दाहाल

११ कार्तिक २०७४, शनिबार ०३:४४
prachanda dahal, latest news from kathmandu nepal, breaking news from kathmandu nepal,

prachanda dahal, latest news from kathmandu nepal, breaking news from kathmandu nepal,

कात्तिक ११, कास्की । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन कुनै पनि हालतमा नरोकिने बताए ।  प्रेस सेन्टर कास्कीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनका लागि सरकार प्रतिबद्ध भएर लागेको र दलहरुसमेत तयारीमा जुटिरहेकाले निर्वाचन नरोकिने बताए ।

 

निर्वाचन आयोगले तीब्र गतिमा काम गरिरहेको उनको भनाई छ । सर्वोच्च अदालतको फैसलामा प्रगति विवरण मात्र मागिएकाले निर्वाचन नहुने आशंका नभएको बताए । अध्यक्ष दाहालले वाम गठमन्धनले ९० प्रतिशत सिट बाँडफँट गरिएको पनि जानकारी दिए । सिट बाँडफाटमा ६०÷४० भनिए पनि त्यसमा केही थपघट हुन सक्ने उनको भनाई छ । नेपालले ७० वर्षपछि स्थिर सरकार पाउने लक्ष्यण आफुले देखेको दाहालको भनाई छ । बहुमतपछि ५ वर्षसम्म एउटै सरकार रहने र देशले विकासको गति समात्ने उनले बताए ।

उनले २१ मंसिर निर्वाचनका लागि उम्मेद्वारहरु मनोनयनपछि आफ्नो पार्टीका मन्त्रीहरु सरकारबाट बाहिरिने बताए । आफुहरुले निर्वाचनसम्म साथ दिने वचन दिएकोले पनि सरकारबाट नबाहिरिएको उनको कथन छ ।