नेपाली कांग्रेस र राष्ट्रिय जनता पाटीले गरे संसद अवरोध

१३ श्रावण २०७६, सोमबार १३:४९

काठमाडौं , सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पाटीले अवरोध गरेका छन् । दिउँसो सबा १ बजेदेखि सुरु भएको बैठकमा सभामुख कृष्ण बहादुर महराले नियमित कारवाही अगाडि बढाउनसाथ कांग्रेस र राजपाका सांसद उठेर विरोध जनाएका थिए।

बाढी पहिरो लगायतका जनसरोकारका विषयमा सरकार गम्भीर नभएको, प्रतिपक्षीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई उपेक्षा गरेको लगायतका विषय उठाई विरोध जनाएका हुन् ।

विपक्षी सांसदले प्रहरीको गोलीबाट मारिएका नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको न्यायिक छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै नारावाजी गरिरहेका छन् । कांग्रेस र राजपाका सांसदले अहिले रोष्टम घेराउ गरेर नाराबाजी गरिरहेका छन् । अवरोधका कारण संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन् ।