
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत जोड्ने रेलमार्ग तथा जलमार्गले दुई देशबीचको व्यापार थप विस्तार हुने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित नेपाल–भारत पारवाहनसम्बन्धी छलफल कार्यक्रममा उहाँले रेल तथा जलमार्गमा नेपाललाई जोड्ने काम भइरहेको भन्दै यसबाट दुवै देशलाई फाईदा पुग्ने बताउनु भएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं—वीरगञ्ज रेलमार्ग अध्ययन प्रतिवेदन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारीसमेत दिनु भयो ।
कार्यक्रममा भारतीय राजदुत मञ्जिवसिंह पुरीले मोतिहारी–अमेलखगञ्ज पेट्रोलियम पाइपलाईन विस्तारले नेपालको आर्थिक विकासमा ठुलो भूमिका खेल्ने बताउनु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले आयात निर्यातमा रेलमार्गको अभाव तथा लागत शुल्क जस्ता समस्या रहेको बताउनु भयो ।
कार्यक्रममा भारतका प्रतिनिधिहरुले दुई देशबीच व्यापार सम्बन्ध सुधारेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सम्मेलनमा नेपाल तथा भारतका उद्योगी व्यवसायी पनि सहभागी छन् ।
