
काठमाडौँ , नेपाली काँग्रेसका युवा नेता तथा कथाकार गुरुराज घिमिरेको कथा संग्रह मान्छेका कथाहरु आज शनिवार काठमाडौंमा सार्वजनिक भएको छ ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल , साहित्यकार प्रदिप नेपाल लगायतले पुस्तकको संयुक्तरुपमा विमोचन गरेका हुन् । बिमोचन कार्यक्रममा नेकपाका नेता दिनानाथ शर्मा , काँग्रेस नेताहरु अर्जुननरसिंह केसी , शेखर कोइराला ,बिश्वप्रकाश शर्मा , मिनेन्द्र रिजाल लगायतको सहभागीता रहेको थियो । कथासंग्रह शमी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । किताबको मुल्य २९९ रुपैयाँ तोकिएको छ ।
