सरकारले जनताको पक्षमा काम गर्नुपर्छः रावल

७ श्रावण २०७६, मंगलवार १०:५०
   

अछाम, नेपाल कम्यूनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सरकारले जनताको पक्षमा काम गर्नु पर्ने धारणा ब्यक्त गर्नु भएको छ । साँफेबगरमा प्रेस संगठन नेपाल जिल्ला समिति अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता रावलले दुई तिहाई बहुमत भएको वर्तमान सरकारले देश र जनताका अपेक्षा आकांक्षा अनुसार देश विकासमा अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले आफू कम्यूनिष्ट पार्टीको सदस्यता लिएसँगै स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमानको पक्षमा अडिग रहेको पनि बताउनु भयो ।