
गुल्मी , सत्यवती गाउँपालिका–लिम्घामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । पहिरोमा ६ जना घाइते भएका छन् । दुई जनाको उद्धार गरिएको छ ।
राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन । यस्तै, सत्यवती गाउँपालिकाको लिंघाको भिरकुनामा चार वटा घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ
