
काठमाडौं , नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त हुनु भएको छ । संघको केन्द्रीय समिति बैठकले सुवेदीलाई उपाध्यक्ष नियुक्त गरेको हो ।
नियुक्तिपछि सुवेदीले नेपालको माटो सुहाउँदो भलिबल खेलको विकास विस्तारका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने अभियानलाई आफूले उच्च प्राथिमकतामा राखेको सुवेदीले बताउनु भयो ।
