अपाङ्गता सहायता कोषको घोषणा गर्दै शिवपुरी मिडिया नेटवर्कको बार्षिकोत्सव सम्पन्न

७ असार २०७६, शनिबार १८:२०

काठमाण्डौं, शिवपुरी मिडिया नेटवर्कको आयोजनामा शिवपुरी मिडिया नेटवर्क प्रालिको तेस्रो, अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैठौं बार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रम शिवपुरी मिडिया नेटवर्क प्रालिका अध्यक्ष रविन प्रसाद थपलियाको सभापतित्व एवं ओशो तपोवनका संस्थापक बोधिसत्य स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपाल पुलिस क्लवमा आज आयोजित बार्षिकोत्सव कार्यक्रममा शिवपुरी मिडिया नेटवर्क प्रा।लि।ले प्रकाशन गरेको स्मारिका विमोचन तथा अपाङ्गता सहायता कोषको घोषणा र शिवपुरी मिडिया सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ ।

उक्त अवसरमा आफ्नो मन्तव्य राख्दै ब्रम कुमारी कुसुमले क्रान्तिकारी परिवर्तनमा मिडियाको विशिस्ट योगदान रहेको बताउँदै सत्य, तथ्य र निस्पक्ष समाचार मार्फत मानवमा नयाँ जोस, जाँगर र उमङ्ग भरि सत्य अहिंसा तथा स्वर्णिम सञ्सारमा परिणत गर्न यो मिडिया अगाढि बढोस् भनि शुभकामना दिईन ।

कार्यक्रमको दौरानमा प्रमुख अतिथि स्वामी आनन्द अरुणले शारिरिक अपाङ्गताका बाबजुद पनि निरन्तर पत्रकारितामा सक्रिय रहने पत्रकारहरुलाई सम्मान व्यक्त गर्दै मौलिक संस्कृतिहरुले भरिपुर्ण हाम्रो समाजमा मिडियाले संस्कृति सरक्षणमा समेत योगदान गर्नुपर्ने धारणा राखे

। ईमान्दारिताका साथ पत्रकारिता आजको दायित्व हो र उन्ननतीको माध्यम पत्रकारिता रहेकोले गरिवी, भष्टचार, न्याय र सत्यको लागि मिडियाको भूमिका प्रभावकारी रहनुपर्ने कुरामा उनले जोड दिएका थिए । कार्यक्रमा विभिन्न क्षेत्रका १२ जना भन्दा बढिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कारोवार दैनिकका गजेन्द्र बुढाथोकी, कृषि क्षेत्रमा योगदान गर्ने रामप्रसाद पुडासैनी, तारकेश्वर नगरपालिका वडा नं। ९ का अध्यक्ष बलराम सिटौला, युवा उधमी नजिर हुसैन, पत्रकार राजु भट्ट, विकास थपलिया, मुकुन्द कालिकोटे, बलराम खड्का, चन्द्रिका आचार्य, अनुज कुमार श्रेष्ठ, माधव प्रकाश सुवेदि लगायत रहेका छन् ।

कार्यक्रममा विभिन्न सांगितिक तथा भजन लगायतका प्रस्तुती र शिवपुरी मिडिया नेटवर्क प्रा।लि।का अध्यक्ष रविन प्रसाद थपलियाको हजुर बुबाको ९९ औं जन्मोत्सव समेत मनाईएको थियो ।