धादिङमा जिप दुर्घटना, चारजनाको मृत्यु

६ असार २०७६, शुक्रबार १४:३४

काठमाडौं, धादिङको गल्छी गाँउपालिका–६ बाजगाउँ स्थित भित्रि कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । कार्की डाँडाबाट बैरेनी हाईवेतर्फ आउँदै गरेको बा १८ च ९४०८ नं को बोलेरो आफै अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा धादिङ गल्छी–४ कार्की डाँडाका ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेतु मिजार, गल्छी–६ की ३० वर्षीय कान्छी भुजेल र २५ वर्षीय नानु तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।