हुम्लामा यात्रुवाहक जिप दुर्घटना

३ असार २०७६, मंगलवार १५:५२

काठमाडौं , हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा यात्रुवाहक जिप दुर्घटनामा परेको छ । जिप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । दिउँसो साढे एक बजेतिर जिप नदीमा खसेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिनु भयो । लु १ज ७१६६ नम्बरको यात्रुवाहक जिप दुर्घटनामा परेको हो । जिप पानीमा डुबेको हुँदा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । जिपमा कम्तिमा पनि १० जना यात्रु रहेको आशंका गरिएको छ ।