
काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । काँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिनु भयो ।
काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुग्नु भएका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता हुनु भएको थियो ।
