
काठमाडौ , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन आव्हान गर्नु भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै उहाँले अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति विशेष र दल विशेषका लागि मात्रै नभएकाले आन्दोलनको प्राप्तीलाई गुम्न नदिने जिम्मेवारी वहन गर्न आग्रह गर्नु भएको हो ।
चलचित्र समालोचक प्रनेश गौतम, धर्म संस्कृतिको संरक्षणको माग गर्ने गुठीयारहरुलाई गरेको जस्तै व्यवहार सरकारले जो कसैलाई पनि गर्न सक्ने भन्दै उहाँले सबै सचेत हुनुपर्ने बताउनु भयो । मन नपरेकाको मुख थुन्दै गएको भन्दै उहाँले सरकारमै रहेर विधेयकको विरोध गर्नेहरु पनि सरकारको गलत दृष्टिबाट बच्न नसक्ने दाबी गर्नु भयो ।
