प्रधानमन्त्रीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाउने तरुण दलका कार्यकर्ता पक्राउ

१ असार २०७६, आईतवार १२:३४

काठमाडौं , त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा नेपाल तरुण दलका दुईजना कार्यकर्ता पक्राउ परेका छन् । युरोप भ्रमणबाट आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।