
चितवन , पूर्वअर्थमन्त्री डा रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले ऋण लिएर बजेटको आकार बढाइएको बताउनु भयो ।
एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने उहाँको भनाइ थियो
वर्तमान सरकारप्रति सर्वसाधारण र वौदिक वर्ग निरास भएसँगै काङ्ग्रेसप्रतिको लहर बढेर गएको उहाँले दाबी गर्नु भयो । काङ्ग्रेसभित्रको गुट अन्त्यगरी पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्ने उहाँको भनाइ थियो । मानव अधिकार, सङ्क्रमणकालीन न्यायलगायतका ल्याउन लागिएका विधेयकका विषयमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण भएको उहाँको भनाइ थियो ।
