निजी आवास पुनर्निर्माणका लागि भारत सरकारको डेढ अर्ब सहयोग

२७ जेष्ठ २०७६, सोमबार १३:२६

काठमाडौं , भारत सरकारले गोरखा र नुवाकोटमा भूकम्पपश्चात्को निजी आवास पुनर्निर्माणका लागि सहयोग गरेको छ । भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा युवराज खतिवडालाई १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो ।

सहयोग रकम भूकम्पपछि भारतले घोषणा गरेको सहयोगको एक हिस्सा हो । भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न १ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।

यसअघि सन् २०१८ मा भारतले पुनर्निर्माणको लागि २ अर्बभन्दा बढी आर्थिक सहयोग गरिसकेको छ ।