अर्घाखाँची पीपीसी सिमेन्ट नेपाली बजारमा

२७ जेष्ठ २०७६, सोमबार १३:१५

काठमाडौं , देशकै उत्कृष्ट र गुणस्तरीय ओंपींसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट प्रालीले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पिपिसी सिमेन्ट आइतबारदेखि औपचारिक रुपमा नेपाली बजारमा ल्याएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते शुक्रबार नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एनएस चिन्ह प्रदान गरेसँगै कम्पनीले पिपिसी सिमेन्टलाई देशैभरीको बजारमा बिक्रीका लागि ल्याएको हो ।
कम्पनीले बिगतमा ओपीसी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उदेश्यको साथ पिपिसी सिमेन्टको उत्पादन थालेको कम्पनीले जनाएको छ ।