फेसियल हाउसको काठमाडौंमा एक दिने हेयर सेमिनार सम्पन्न

२६ जेष्ठ २०७६, आईतवार १०:५२

काठमाडौं , फेसियल हाउसले काठमाडौंमा एक दिने हेयर सेमिनार गरेको छ । शनिबार सुन्धारास्थित सिटीसी मलमा आयोजना गरिएको हेयर सेमिनारमा करिब ५० जना ब्यूटीसियन एवं हेयर डिजाईनरहरु सहभागि थिए ।

फेसियल हाउसको दशौँ वार्षिकोत्सवमा आयोजित सेमिनारमा मायाज ब्यूटी पार्लरकी प्रबन्ध संचालक समेत रहेकी ख्यातिप्राप्त ब्यूटीसियन तथा हेयर डिज़ाइनर गीता गिरीले हेयर स्टाईल मास्टर क्लास सम्बन्धी विषेश कक्षा संचालन गर्नु भएको थियो ।

हेयर स्टाईल मास्टर क्लास अन्तर्गत ७ विधा समेटिएको थियो । जसमा फ्लावर, मेसी लङ हेयर, हेभी ब्राईडल, क्रेजी, क्रिम्पिङ, स्टिक र क्रिम्पिङ स्टाईल समावेश थिए । सेमिनारमा सहभागिले सहभागिताको प्रमाण–पत्र समेत पाए ।

ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्ससिप उपलब्ध गराउने उद्देश्यका साथ सेमिनारको आयोजना गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बताउनु भयो ।