प्युठानमा चटयाङ लागेर एक शिक्षकको मृत्यु

२४ जेष्ठ २०७६, शुक्रबार ११:४७

प्युठान , प्युठानमा चट्याङ लागेर एक जना शिक्षकको मृत्यु भएको छ । गौमुखि गाउँपालिका ५ खुङमा रहेको जनसहयोगि आधारभुत विद्यालयमा पढाउँदै आएका शिक्षक अन्दाजि ३४ वर्षीय पशुपति आचार्यको गएराति आफ्नै घरमा सुतिरहेको वेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।