
काठमाडौं, देशको प्रमुख पर्यटकिय क्षेत्र ठमेलको विकास र ठमेल क्षेत्रका पर्यटन ब्यवसायीहरुको हक र हितका निम्ती महत्वपूर्ण भूमिका खेल्ने साझा मंचका रुपमा रहेको ठमेल पर्यटन विकास परिषदको निर्वाचन नजिकिदै जादा ठमेलका ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ । परिषदको आसन्न चुनावका लागि ब्यवसायीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।
