पेट्रोलको मूल्य घट्यो

२३ जेष्ठ २०७६, बिहीबार ११:५०

काठमाडौं , नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ ।

‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका दरले समायोजन गरिएको निगमले जनाएको छ । मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य रु ११० प्रतिलिटर कायम भएको छ । डिजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ