
काठमाडौ, करिब एक दशक देखी पत्रकारितामा सक्रिय गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मान गरेको छ ।
मन्त्रालयले ‘स्वास्थ्य मन्त्री ब्लुमबर्ग पुरस्कार’ शिर्षकमा उहाँलाई सम्मानित गरेको हो । स्वास्थ्य पत्रकारीता तथा सुर्तीजन्य पदार्थमा उल्लेखनीय योगदान गरेको भन्दै मन्त्रालयले सम्मान गरेको हो । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पत्रकार ढुंगेललाई नगद ५० हजार राशी सहित सम्मान गर्नुभएको हो ।
यसरी सम्मानित हुनेहरुमा सूर्तिजन्य पदार्थ नियन्त्रणमा सक्रिय भूमिका खेलेबापत व्यक्तिगत रुपमा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारी, पत्रकार तर्फ गोरखापत्र दैनिकका सरोज ढुंगेल गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी हुनुहुन्छ ।
यस्तै सस्थागत तर्फ स्वास्थ्य पत्रकार मञ्च नेपाल, सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश नयाँ पत्रिका दैनिक रहेकाछन् । पुरस्कृत हुने सबैलाई सम्मानपत्र र नगद ५० हजार रुपैया रहेको छ ।
