
काठमाडौं , कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीस्थित गौतम कुमार विकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा सातजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत मोतीहारी घोडा सहनी घर भई हाल सोही स्थानमा सिरक डसना बनाउने १९ वर्षीय लड्डु कुमार लगायत रहेका छन् ।
महानगरीय प्रहरी बिट मुलपानीबाट खटिएको प्रहरीले उनीहरुलाई ताल्चा फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, चाँदीजस्तो देखिने सेतो धातु दुई केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च दुई थान तथा करिब एक लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमा समेत प्रहरीले बरामद गरेको छ ।
