कामीरिता शेर्पा २४ औं पटक सर्वोच्च शिखर सगरमाथामा

७ जेष्ठ २०७६, मंगलवार १०:०७

काठमाडौं , विश्वविख्यात आरोही कामीरिता शेर्पाले एक साताकै अबधिमा दुईपटक सगरमाथा आरोहण गरेका छन् । उनले आज विहान ६ बजेर ३८ मिनेट जाँदा २४ औँ पटक सगरमाथा आरोहण गरेका हुन् । कामिरिताले एकै याममा दुई पटक सगरमाथा चढेको यो चौथो पटक हो ।

१ जेठमा सगरमाथाको २३ औँ पटक आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेका उनले आज आफ्नै कीर्तिमानी तोडेका हुन् । २३ औं पटक सगरमाथा आरोहण गरेलगत्तै उनले २५ पटकसम्म सगरमाथा आरोहण गर्ने लक्ष्य सुनाएका थिए ।४९ वर्षीय कामिरिता सोलुखुम्बुको थामे गाउँमा जन्मिएका हुन् ।