नेपालमा भारतीयको नेटवर्किङ धन्दा ८ जना पक्राउ

६ जेष्ठ २०७६, सोमबार १७:५२

काठमाडौं , प्रहरीले राजधानीमा नै भारतीय नागरिकले अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएको जनाएको छ । यस व्यवसायमा संलग्न आठ जना भारतीय नागरिकलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा राजेश कुमार शुक्ला, अटल त्रिपाठी, महोमद सेयाफ, नुरुलएन वारसी, महोमद जिया, नितिन श्रीबास्तव, रबि तिवारी र तेजनारायण शुक्ला छन् ।

पक्राउ परेकाहरुले साइन ग्रुप रियल स्टेट, ईकमर्स र टुरिज्मको नामबाट गैरकानुनी नेटवर्किङ व्यवसाय गर्दे आएको प्रहरीले जनाएको छ ।