धनुषामा एनआईसी एशियाको नयाँ शाखा

६ जेष्ठ २०७६, सोमबार १७:३८

काठमाडौं , एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक सञ्चालनमा ल्याएको छ । धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्नु भयो ।

बैंकले हाल मुलुकभर २८३ शाखा कार्यालयहरू, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।