
काठमाण्डौ , राजेन्द्र आचार्यको ४५औ दिनको पूण्य तिथी एवम श्रद्धाञ्जली सभा शनिवार काठमाण्डौमा सम्पन्न भयो । आचार्यको चैत्र २० गते कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो । ४५औ दिनको पूण्य तिथी एवम श्रद्धाञ्जली सभामा जिल्लावासी , आफन्त , इष्टमित्रहरुको बाक्लो उपस्थिती रहेको थियो । श्रद्धाञ्जली सभामा नेपाल सरकारका पूर्व अर्थ सचिव शान्त राज सुवेदी , गोविन्द पोखरेल , भरत आर्चाय , मुक्ति प्रसाद आर्चाय , लगायतले राजेन्द्र आचार्यको ब्यक्तित्व बारे चर्चा गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व पशुपति आर्चायले गर्नु भएको थियो ।


