सपनाको देशमा पदम विश्वकर्माले कोरे ऋणी र साहु बिनाको तमसुक

३ जेष्ठ २०७६, शुक्रबार ११:२६

काठमाण्डौ, करिब दुई दशक देखी अमेरिकामा रहदै नेपाली साहित्यलाई विश्वभर फैलाउने अभियानमा सकृय रहदै आएका साहित्यकार पदम विश्वकर्माको पहिलो कथासंग्रह तमसुकको लोकार्पण गरिएको छ । बिहिवार प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममाझ साहित्यकार माया ठकुरी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली लगायतले तमसुकको लोकार्पण गरे । लोकार्पण कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, प्रा डा सुरेन्द्र केसी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै बरिस्ठ साहित्यकार माया ठकुरीले साहित्यकार पदम् विश्वकर्माको कृतिले समाजमा रहेको दोयद चरित्रलाई उजागर गर्नु निकै सुन्दर पक्ष रहेको बताईन् ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले विगतमा अनेसासको दुई कार्यकाल सफल नेत्रीत्व समालिसकेका साहित्यकार पदम विश्वकर्माको कृतित्व र ब्यक्तित्व निकै गौरवशाली रहेको चर्चा गरे ।

कथा संग्रहकी समिक्षक ज्ञानु अधिकारीले तमसुकले मानव जीवनको बिषम परिस्थितीलाई दर्शाएको बताउदै प्रविधी, पैसा र नशाले मानव जीवनमा पार्ने प्रभावका बारेमा तमसुक मिहिन रुपमा प्रस्तुत भएको बताईन ।

कथा संग्रहका लेखक पदम विश्वकर्माले आफ्नो लेखन यात्रालाई साथ र हौसला प्रदान गर्ने काममा आफ्नो श्रीमती कमला विश्वकर्माको ठुलो देन रहेको बताउदै तमसुक पढदै जादा पात्रको जीवनमा आँफै प्रवेश गरेको आभाष मिल्ने दाबी पेश गरे ।

नेपाल लघुकथा संघका अध्यक्ष श्री ॐ श्रेस्ठ रोदनले कथाकारले प्रवासी नेपालीले विदेशी भूमिमा भोगेका कुरालाई निकै सिर्जनात्मक रुपमा प्रस्तुत गरेको बताए ।

त्यस्तै साहित्यकार दामोदर पुडासैनीले अनेसासको सबल नेत्रीत्व गरेका पदम विश्वकर्माद्वारा सिर्जित तमसुक निकै लोभलाग्दो पुस्तकका रुपमा रहेको बताए ।

अनेसासका सल्लाहकार प्रा डा। खगेन्द्र प्रसाद लुईटेलले पदम विश्वकर्मा साहित्यकार भन्दा बढि साहित्यिक संस्थाको सक्षम नेत्रीत्वकर्ता रहेको उल्लेख गर्दै उनको लेखन शैली प्रसम्शायोग्य रहेको बताए ।

कार्यक्रममा शिखा बुक्सका संचालक पुष्पराज पौडेलले नेपाली साहित्यिक कृतिलाई अन्तरास्ट्रियकरण गर्न आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा आग्रह गरे ।

कथा संग्रह तमसुकको लोकार्पण कार्यक्रमको आयोजना शिखा बुक्स तथा अन्तरास्ट्रिय नेपाल साहित्य समाज( अनेसासले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको संचालन गीता मैनालीले गरेकी थिईन ।

शिखा बुक्सको प्रकाशन रहेको तमसुक ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरण गर्दै आएको छ ।