अख्तियारका पूर्वआयुक्त पाठक अदालतमा उपस्थित

१ जेष्ठ २०७६, बुधबार १४:४८

काठमाडौं , घुस काण्डमा मुछिनु भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित हुनु भएको छ । नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएको अभियोग लागेका पाठक मंगलबार अदालतमा उपस्थित हुनु भएको हो ।

भ्रष्टाचार मुद्दामा थुनछेक बहसका लागि पाठक अदालत हाजिर भएको अदालतले जनाएको छ । पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलिरहेको छ । बयानपछि मंगलबार नै थुनछेकको लागि सुनुवाइ हुनेछ ।