
काठमाडौँ, प्रधानमन्त्री केपी ओली एक साता लामो विदेश भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुन्छ । प्रधानमन्त्री ओली बुधबार साँझ ७ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीसहितको टोली गत वैशाख २६ गते भियतनाम र कम्बोडिया भ्रमणमा निस्केको थियो । भ्रमणका क्रममा प्रम ओलीले भियतनाममा आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गर्नु भएको थियो ।
भियतनामको भ्रमणपछि ओली कम्बोडिया पुग्नु भएको थियो । कम्बोडिया पनि ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले ति देशका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नु भएको थियो ।
